FAQs Complain Problems

त्रिवेणी नगरपालिकाको संक्षिप्त परिचय हेर्नका लागी कृपया Read more मा थिच्नुहोला ।

त्रिवेणी नगरपालिकाको परिचय

बाजुरा जिल्लको सदरमुकाम मार्तडी देखी दक्षिण भेगमा रहेको यो नगरपालिकाको नामाकरण यसै क्षेत्रको पर्यटकिय तथा धार्मिक स्थल त्रिवेणीको संगम स्थलको नाम बाट त्रिवेणी रहन गएको हो । राज्य पुर्नसंरचनाको क्रममा साविकका छतारा, तोली र कैलाशमाण्डौ गाविस मिलेर त्रिवेणी नगरपालिका बनेको हो ।

जनसंख्या र क्षेत्रफलको हिसाबले यो नगरपालिका जिल्लाकै तेस्रो ठुलो नगरपालिका हो । यस नगरपालिकाको श्री बडिमालिका मन्दिर, पैमागाउँमा रहेको बडिमालिका मन्दिरको भण्डा गृह, नाटेश्वरी मन्दिर, मौरे क्षेत्र, छतारा माईको मन्दिर, शैमाण्डौ, मष्टा देबताका मन्दिरहरु र कैलाश देवताका स्थानहरु यस क्षेत्रका प्रमुख धार्मिक तथा ऐतिहासिक गन्तब्य स्थलहरु हुन ।

यस नगरपालिकामा प्राकृतिक रुपमा सुन्दर एंव रमणिय स्थलहरु रहेका छन् । मुख्य रुपमा सुन्दर किम्नी झरना, धवलपुरी दह, त्रिवेणी पाटन जस्ता रमणिय स्थानहरु पर्यटक स्थलका रुपमा आकर्षण बनेका छन । त्रिवेणी पाटन र बडिमालिका मन्दिर वरपरका ठाउमा विभिन्न प्रकारका जडिबुटीहरु पाइन्छन ।

यो नगरपालिका बनजङ्गलले भरीपुर्ण नगरपालिका हो । चराचुरुङ्गिमा डाफे, कालिज, बदेल, घोर झलर र रतुवा जस्ता दुर्लभ बन्य जन्तु यसै नगरपालकामा पाइन्छन । मालागाड, मानागाढ र कासेगाड खोला यस नगरपालिकाका उर्जाका प्रचुर सम्भाबना भएका खोला हुन ।

त्रिवेणी नगरपालिकाको जम्मा क्षेत्रफल १७०.३२ वर्ग किलो मिटर अर्थात १८१५८ हेक्टर रहेको छ । यस नगरपालिकाको केन्द्र वडा नं. ४ तोली, टुडेगडामा रहेको छ ।

यस नगरपालिकाको पुर्वमा कालिकोट जिल्ला, उत्तरमा बडिमालिका नगरपालिका, पश्चिममा बुढीगंगा नगरपालिका र दक्षिणमा अछाम जिल्ला रहेको छ । बाजुरा जिल्लामा रहेको बुढीगंगा नदी यसै नगरपालिकाको दक्षिण सिमाना हुदै बग्ने गर्दछ ।

क्षेत्रफल: १७०.३२ वर्ग कि.मि

केन्द्र: वडा नं. ४, तोली, टुडेगडा

मुख्य आकर्षण: प्राकृतिक झरना • धार्मिक स्थल
त्रिवेणी

नगरपालिका सम्बन्धि थप जानकारी

जनसांख्यिकीय, शिक्षा, स्वास्थ्य, धार्मिक तथा पर्यटकीय विवरण

१७,७९८

कुल जनसंख्या

८,२०२ / ९,५९६

पुरुष / महिला

३,७०२

कुल परिवार

७१.६%

साक्षरता दर

लैङ्गिक साक्षरता

पुरुष: ८०%
महिला: ६३.९%

अपाङ्गता दर

कुल: ३.४% • पुरुष: ४% • महिला: २.९%

शिक्षा तथा स्वास्थ्य

विद्यालय: ३४ • स्वास्थ्य संस्था: १२

मुख्य धार्मिक एवं पर्यटकीय गन्तव्य

बडिमालिका मन्दिर
बडिमालिका भण्डार गृह
त्रिवेणी पाटन
नाटेश्वरी मन्दिर
मौरे क्षेत्र
छतारा देवी मन्दिर
कैलाश देवताको मन्दिर
किम्नी झरना
धवलपुरी दह

वडा अध्यक्ष तथा जनसंख्या

क्र.सं वडा अध्यक्ष फोन पुरुष महिला जम्मा
मन बहादुर बुढा ९७४२३७७६०७ ८१८ ९४३ १७६१
विर बहादुर विश्वकर्मा ९८४८६४४५८५ ७३४ ९०५ १६३९
मिन बहादुर भण्डारी ९८५८४२४१२१ ७८५ ९०६ १६९१
गणेश बहादुर साउद ९८५८४८५७७९ ११३५ १३१८ २४५३
डिल्लि बुढा ९८४७१४११७६ ६४४ ६४६ १२९०
पारस बहादुर बुढा ९८४८८१९३३१ १५६० १८०१ ३३६१
जुद्ध बहादुर अयडी ९८६९०००२४१ ८२४ ९६५ १७८९
गगन जंग बुढा ९८६५८५७७०३ ६२१ ९६५ १५८६
नन्द थापा ९८४८४५८९२४ १०८१ १३७६ २४५७

संक्षिप्त संकेतक

  • जनसंख्या: १७,७९८
  • विद्यालय: ३४
  • स्वास्थ्य संस्था: १२
  • साक्षरता: ७१.६%
  • अपाङ्गता दर: ३.४%
//